कोटभैरवमा फूलपातीः प्राचीन इतिहासको निरन्तरता


नेपालका बाइसे चौबिसे राजाको समयदेखि नै अस्तित्वमा आएको पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित ऐतिहासिक कोटभैरव मन्दिरमा मङ्गलबार फूलपाती भित्राइएको छ ।

प्राचीन इतिहासलाई निरन्तरता दिँदै कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिले मन्दिर वरपरका गाउँहरूमा फूलपाती सङ्कलनका लागि विधिवत् फूलपाती खटाएर बजागाजाका साथ मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

फूलपाती भित्र्याउँदा मन्दिरभन्दा केही तल रहेको मैदानमा विशेष पूजाआजाका साथै बलिसमेत दिने प्रचलन प्राचीनकालदेखि नै रहँदै आएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिनुभयो । उक्त क्रममा बाजागाजाका साथ फूलपाती भित्र्याउने प्रचलन छ । उहाँका अनुसार प्राचीन इतिहासलाई निरन्तरता दिँदै कोटभैरव मन्दिरमा प्रत्येक वर्षको दुर्गा पक्षमा घटस्थापना गरी दैनिक सप्तशती पाठ, फूलपाती, कालरात्रि, नवमीमा बलि पूजासहित विजयादशमीका दिन सामूहिक टीका प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।

मन्दिरको पूजा सञ्चालनका लागि प्राचीनकालदेखि नै गुठी जग्गाको व्यवस्था गरिए पनि कृषिप्रतिको अनिच्छाका कारण जग्गाहरू बाँझो रहँदा समितिले नै चन्दा सहयोग आदिबाट बजेटको व्यवस्था गर्नुपरेको उहाँले जानकारी दिनुभयो । मन्दिरमा दुर्गा पक्षबाहेक साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने गरिन्छ भने चैते दसँैमा पनि विशेष पूजा गर्ने गरिएको छ ।

फूलपाती भित्राएसँगै आसपासका क्षेत्रमा सुख, शान्ति र समृद्धि बढ्ने विश्वास जनविश्वास छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि नै शक्ति स्वरुपमा कोटभैरवको पूजाआजा गर्ने गरिएको समितिका अध्यक्ष चेतबहादुर महतले बताउनुभयो । दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका आधारमा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारका साथै आसपासका तनहुँ, स्याङ्जा लगायतका स्थानबाट सामान्य पूजाका साथै भाकलसहित दर्शनार्थी आउने गरेका छन् ।

पहिला सामान्य मन्दिर मात्रै रहेकामा भूकम्पले क्षतिग्रस्त बनाएपछि तीन वर्षयता नयाँ स्वरुपमा मन्दिर निर्माण कार्य भइरहेको छ । प्यागोडा शैलीका तीनतले मन्दिर निर्माणकै क्रममा रहेको जानकारी दिँदै अध्यक्ष महतले हालसम्म रु १८ लाखको लागतमा विभिन्न निर्माणका कामहरू सम्पन्न भएको बताउनुभयो । निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका, वडा कार्यालय, चन्दादाता आदिबाट सहयोग जुटेको हो ।

“मन्दिरको ऐतिहासिकतालाई उजागर गर्न भक्तपुरबाट ल्याइएका कलात्मक झ्यालढोका राखिएको छ,” उहाँले भन्नुभयो, “अन्य सबै काम सम्पन्न गर्न अझै करिब २५ लाख रुपैयाँ लाग्ने देखिएको छ ।” मन्दिरसम्म पुग्नका लागि सिँढी बाटोहरू व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकाले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको सोच छ । मन्दिरमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ ।

त्यस्तै पोखराको पृथ्वीचोकबाट विजयपुर, पावर हाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायातका बसले सेवा प्रवाह गरिरहेका छन् । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ । बाटोको सुगमताका साथै ऐतिहासिक महत्वको मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपास क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope