जङ्गली हात्तीको बथानले धानबालीमा नोक्सनी


जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सनी पु¥याएको छ । खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो ।

चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धानबालीमा नोक्सनी पु¥याएकाले किसान मर्कामा परेका छन् । “दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं” स्थानीय किसान राजकुमार चौधरीले भन्नुभयो, “हात्तीका बथानले पूरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”

उहाँका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्दथ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पु¥याएको छ ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसंगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पु¥याएको छ । सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो ।

“ तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर गरेका छन” उहाँले भन्नुभयो, “अनुगमन गर्नका लागि जाँदै छौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।”

धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope