बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति


अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।

जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिनुभयो । जिल्लामा मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी रु २० करोडभन्दा बढीको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

लहरे तरकारी, केरा, उखु, काउलीसहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरो र डुबानले जिल्लाको धरान, इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको तरकारी बालीमा समेत क्षति भएको कृषि ज्ञानकेन्द्रका प्रमुख उरावले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope