शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएका थियो ।

मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । सो भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गर्नुभएको थियो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope