नेप्सेमा दोहोरो अङ्कको वृद्धि


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अङ््कले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.२३, व्यापार ६९ र लगानी ०.१५ अङ्कले घटेको छ । होटल तथा पर्यटन ४१.७३, विकास बैंक १९१.३३, जलविद्युत् ४८.१५, वित्त ४८.१२, निर्जीवन बीमा १६४.९९, उत्पादन २९.१७, अन्य ७२.०५, लघुवित्त ०.७९, जीवन बीमा १६०.८१ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड ९७ लाख २३ हजार ४१५ बराबरको कारोबार भयो । यस्तै, कामना सेवा विकास बैंक रु २२ करोड १६ लाख ८० हजार ९९६, नेपाल पुनरबीमा कम्पनी रु २१ करोड ३४ लाख आठ हजार ४०६, नबिल बैंक रु २१ करोड १७ लाख ८६ हजार ५४० र लुम्बिनी विकास बैंक रु २० करोड ७४ लाख ६९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साहस ऊर्जा ९.९९,गुडविल फाइनान्स ९.१६, नेपाल पुनरबीमा कम्पनी ८.६८, कालिका पावर कम्पनी ८.२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८.२५ प्रतिशतले कमाए । त्यस्तै, विशाल बजार कम्पनी २.९५, नेपाल बङ्गलादेश बैंक २.७५, आरएमडिसी लघुवित्त २.६६, सामुदायिक लघुवित्त २.४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ं१३ प्रतिशतले गुमाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope