वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा

नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।
महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगञ्ज महानगरपालिकाले नै लिने भएको हो । घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८÷०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।
वीरगञ्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रविन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस