भत्ताको रकम खेलकुद सामग्रीमा


शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गर्नुभएको छ । उहाँले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउनुभएको हो ।

रु १३ हजार ४७० र अपुग रु २० हजार रकम व्यक्तिगतरूपमा व्यवस्था गरी खेलकुद सामग्री उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो । “वडाका युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “अझै खेलकुदप्रति युवाहरुको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ ।”

युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकम खर्च गर्नुपरेको उहाँको भनाइ छ । “जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्”, उहाँले भन्नुभयो, “जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ ।”

नगरपालिकाबाट पाइने सुविधावापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उहाँले बताउनुभयो । यसअघिसमेत वडाध्यक्ष महराले नगरपालिकाबाट पाइने भत्तावापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । साथै उहाँ जुवातास नियन्त्रण, चेलीबेटी बेचबिखन र बालविवाह रोक्नका लागि वडामै सचेतना कार्यक्रमसँगै त्यस्ता कार्यमा संलग्नको सेवा–सुविधा रोक्नेलगायत कार्य गरी चर्चामा समेत आउनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope