सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउँदै सेना


नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारिणी अधिकृत, राष्ट्रिय बीमा संस्थानका प्रशासक र नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशकबीच त्यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सकलदर्जाले लामो समयदेखि प्रतीक्षा गरेको सहुलियतपूर्ण आवास कर्जा कार्यान्वयनमा आएपश्चात् कल्याणकारी सेवासुविधामा समेत वृद्धि भई सैनिक सेवाप्रति आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरूको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्न लागेको छ ।

अवकाश प्राप्त सकलदर्जाको मागअनुरुप ६० वर्ष उमेरमाथिको निवृत्तिभरण रकमलाई मासिक रु एक हजार पु¥याएको छ । सेनाले सबै प्रदेशमा सैनिक अस्पताल र महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापनाको कार्ययोजना अघि बढिरहेको जनाएको छ । पछिल्ला वर्षमा प्रत्येक प्रधानसेनापतिले कल्याणकारी कार्यक्रममार्फत वहालवाला तथा भूपूसैनिकका परिवारलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, स्वरोजगार र सुविधाका कार्याक्रमलाई प्राथमिकता दिँदै आउनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope