बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ ः समिति


बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।

उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो ।

समितिमा बिमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बिमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेश गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बिमालेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजात पेश गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ ।

यस्ता कानुनविपरीतका क्रियाकलापबाट बिमा व्यवसायमा नकारात्मक असर पर्ने र बिमीत तथा लाभग्राहीसमेत पीडित भई बिमाप्रति जनविश्वास घट्नाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा सम्लग्न नहुन र सम्लग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope