गल्याङमा सभागृह निर्माण

स्याङ्जाको गल्याङ नगरपालिकामा सभागृह (सिटीहल) निर्माण गरिएको छ । गल्याङ –३ स्थित गल्याङबजार नजिक कूल रु तीन करोड ६६ लाख ३५ हजार ३४३ का लागतमा निर्माण भएको सो सभागृहको क्षमता ३०० जनाको छ ।
सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख इञ्जीनियर झपटबहादुर थापाले बिहीबार गल्याङ नगरप्रमुख भूपराज अधिकारीलाई सो सभागृह भवन हस्तान्तरण गर्नुभयो ।
“गल्याङ नगरपालिका पछिल्लो समयमा घोषणा भएको पालिका भएकाले पनि यहाँ भौतिक पूर्वाधार थिएनन्”, प्रमुख अधिकारीले भन्नुभयो, “अहिले नगरपालिका आफ्नै र विभिन्न कार्यालयसँगको समन्वय र सहयोगमा भौतिक पूर्वाधारको निर्माणमा जोड दिइरहेका छौँ ।” रविना फुलजोर जेभीका सञ्चालक नोठप्रसाद खनालले समयमै सभागृह निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस