भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मानन्धर


भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन हुनुभएको छ । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चयन हुनुभएको छ । सदस्यमा (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एशोसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला)तर्फ आस्था शाख र श्रीया बल्ल चयन हुनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको थियो । निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope