भाडादर समायोजन गर्न माग


नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गर्नुभएको हो ।

“वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घविच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ”, महासचिव बानियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा रु १०४ बाट रु १५ बढाएर रु ११९ पु¥याएकाले ट्रक व्यवसायले पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope