नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।
विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गर्नुभएको थियो । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गर्नुभएको छ ।
सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्य हुनुहुन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस