कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण

जुम्लामा अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ ।
कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।
कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताउनुभयो । विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताउनुभयो । विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ ।–––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस