नेप्से परिसूचक ३२ अङ्कले उकालो लाग्यो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२.२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।

आइतबार नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले उकालो लागेर ४८०.९७ मा पुगेको छ ।

कूल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर रु चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मूल्यमा खरिद बिक्री भए । नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन ।

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १३, व्यापार ३.८८, होटेल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत् ८२.५३, वित्त ५७.८७, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बीमा १२३.२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६८ अङ्कले बढेको छ ।

सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १५ लाख ९३ हजार १२८ बराबरको कारोबार भयो । यस्तै, नेसनल हाइड्रोपावर रु १५ करोड ३२ लाख १५ हजार ३८५, हिमालयन डिस्टिलरी रु १४ करोड ९७ लाख १२ हजार ४३५, महालक्ष्मी विकाु बैंक रु १४ करोड ४५ लाख चार हजार ६२८ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ९२ लाख ६१ हजार १९३ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.५५, साहस ऊर्जा ८.१७, माहुली सामुदायिक लघुुवित्त ७.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६.८८, न्यादी हाइड्रोपावर ४.७१, युनिलिभर नेपाल २.६५, एनएमबी पचास १.९६ र सबैको लघुवित्तका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope