‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानलाई तीन हजार डलर पुरस्कार


तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको हो । समिटमा दक्षिण एसियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीको सहभागीता थियो । शाहीले आठ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेस गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताउनुभयो ।

आठवटा टिमका बीच प्रतिस्पर्धा भएको थियो । हरेक टिममा प्रत्येक देशका एक विद्यार्थीको सहभागिता थियो । कोरोना सङ्क्रमणले गर्दा भर्चुअल माध्यम समिट गरिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope