एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए


फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो ।

सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

मतदाता नामावली सङ्कलनको लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको भएपछि छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको एकाइ चारवटै स्थानमा थपेर नामावली सङ्कलन गर्ने र यसका लागि प्रत्येक राजनीतिक दलले सहयोग एवं सहजीकरण गरिदिन आग्रह गरिएको छ । एक महानगरपालिकासहित १७ पालिका र छ निर्वाचन क्षेत्र रहेको मोरङमा छ लाख ६९ हजार मतदाता थियो भने यो अभियान सञ्चालन भएपछि मतदाता थपिएको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope