वरिष्ठ साहित्यकार भट्टको निधन


सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उहाँको निधन भएको हो ।

साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहदै आउनुभएको थियो । भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्वव्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताउनुभयो । “साहित्यकार भट्टको लोक साहित्य र लोकसंस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो ।” सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको ठुलो योगदान रहेको छ ।

साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँ महाकाली साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहनुभएको थियो ।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे लामो समय कलम चलाउँदै आउनुभएको थियो । उहाँका दर्जनौं पुस्तक प्रकाशित छन् । भट्टको जन्म विसं २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका– ५ मा भएको थियो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope