पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि

भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औं क्रम सङ्ख्यामा परेको हो ।
ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सवै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभरी एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।
भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन् ।
“पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,” विपक्षी दल पिएमए–एनले भनेको छ ।
विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दावी गरेका छन् । अहिलेको सरकारलाई तत्काल विघटन गराउनु पर्ने उनीहरूको माग छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस