खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता


शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ ।

नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ का १० परिवार छनोटमा परेका छन् ।

छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि पहिलो किस्ताका रूपमा रु ३० हजार रकम बैंक खातामार्फत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी मोहनराज फुलाराले बताउनुभयो ।

“घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवारको छनोट गरी रकम उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो,“छनोट भएका लाभग्राहीले नगरपालिकाले सिफारिस गरेको बैंकमा खाता खोलेपछि अनुदान सम्झौता भइसकेका लाभग्राहीलाई जस्तापाता, काठलगायतको निर्माण सामग्री खरिद गर्न अनुदान रकमको पहिलो किस्ता उपलव्ध गराइएको छ ।”

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार अनुदान उपलब्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्ता वाफत साठी प्रतिशत रकम उपलव्ध गराईने व्यवस्था रहेको छ ।
“लाभग्राहीले सो रकम जस्तापाता र काठ लगायतका सामग्री खरिद गरी निर्माण कार्य अघि बढाउनका लागि खर्च गर्नु पर्ने हुन्छ” सूचना अधिकारी फुलाराले भन्नु भयो, “प्राप्त पहिलो किस्ताको रकमबाट जस्तापाता र काठ लगायतको सामग्री खरिद गरी निर्माण कार्य सम्पन्न भएको भनी नगरपालिकाको प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदन सहित गरेको सिफारिसको आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्ता वाफतको रु २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलव्ध गराईने छ ।”

प्राविधिकबाट अनुुसूची ३ बमोजिम प्रतिवेदन पेश भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माण कार्य सम्पन्न भएको मानिने छ ।

“संविधानको मौलिक हक अन्र्तगतको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने छ भन्ने उल्लेख गरिएको छ” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भन्नु भयो, “नगरपालिकामा बसोवास गर्ने सबै नागरिक संग सुरक्षित आवासको व्यवस्थाका लागि कार्य अगाडी बढाएका छौं ।

कार्यक्रम अन्र्तगत अत्यन्तै जोखिममा रहेका आर्थिक अबस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनोट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराईएको छ ।”

सुरक्षित आवास निर्माण पछि आगो, हावाहुरी, बर्षा, हिंसक जनावर र सर्प लगायतका विषालु जिवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उहाँले बताउनु भयो । “सहज सुरक्षित रुपमा घरमा बस्न सकुन भनेर विपन्न परिवारलाई कार्यक्रममा समेटेका छौं” उहाँले भन्नु भयो ।

नगरपालिकाको वडा नं १ का सेरे सार्कीले काठको कच्चि घरमा आर्थिक अबस्था कमजोर हुदा टायल समेत राख्न नपाईएको अबस्थामा नगरपालिकाले सुरक्षित आवास निर्माणका लागि काठ र जस्तापाता खरिद गर्न रकम प्रदान गरेपछि निकै सहज भएको बताउनु भयो ।

“दैनिक ज्याला मजदुरी गरी जीविका चलाउदै आएका छौं” उहाँले भन्नु भयो, “त्यसले साँझ विहानको खाना खर्च चलाउनमै ठिक्क हुन्छ । सुरक्षित घर निर्माणका लागि रकम जम्मा गर्न नसक्दा हावाहुरी आउदा खरले छाएको छाना उडाएर बिजोगनै बनाउदथ्यो । बर्षातको पानी चुहिएर निथु्रक्क भिजेर बस्नु पर्ने अबस्था थियो । नगरपालिकाले बैंकमा खात खोल्न लगाएर त्यसमा पैशा उपलव्ध गराए पछि घरको छानामा जस्तापाता राख्नका लागि निकै सहज भएको छ ।”

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ को दफा ६ बमोजिम कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी अनुदान रकम लिईएको पाईए वा जुन प्रयोजनका लागि अनुदान रकम उपलव्ध गराईएको हो सोही प्रयोजनका लागि खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाईएमा अनुदान रकम नगरपालिको असुल उपर गर्ने समेत जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope