राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान– मुख्यमन्त्री पोखरेल


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्मनिरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा उल्लेख छ ।

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी मान्यजनबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्दछन् । एक महिना (रमजान)भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको अर्काे विशिष्टता हो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope