मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने


किभ, १९ बैशाख (रासस÷एएफपी) – अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ ।  रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो । 

गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिएपनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

  अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीब्र रुपमा भइरहेको छ ।  “हामीले धेरै नै चाँडै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौँ, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,” एक सरकारी अधिकारीले पत्रकार सम्मेलनमा सोमबार भने । 

युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रुसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतवास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो ।

  अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखि नै लगाउदै आएको थियो । तर रुसले भने आक्रमणको तयारी नभएको दावी गर्दै आएको थियो । अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य सावित भयो ।  रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope