जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ मा

जुम्ला जिल्ला समन्वय समितिको निर्वाचन यही जेठ २९ गते हुने भएको छ । सदरमुकाम खलङ्गास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालकाका अनुसार २०७९ यही जेठ २९ गते हुने निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ता, २७ गते निर्वाचन चिह्न प्रदान गरिने भएको छ । प्रमुख र उपप्रमुखसहित नौ सिटका लागि निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । नेपाली कांग्रेसले पाँच अध्यक्षसहित दुई उपाध्यक्ष र चन्दननाथ नगरपालिकामा उपप्रमुख जितेको छ । कांग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गोठीचौर र तातोपानी गाउँपालिकाको अध्यक्षमा विजय हात पारेको छ भने हिमा र कनकासुन्दरी गाउँपालिकाको उपाध्यक्ष तथा चन्दननाथमा उपप्रमुखमा कांगे्रसले जीत हासिल गरेको छ ।
यस्तै माओवादी केन्द्रले सिँजा र तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सिँजा, पातारासी गाउँपालिकामा उपाध्यक्ष माओवादीले जितेको छ । नेकपा एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा विजयी भएका छन् । जम्मा १६ मतदातामध्ये आठ कांग्रेस, छ माओवादी, एक समाजवादी र एक स्वतन्त्र उम्मेदवार छन् । नेपाली कांग्रेसले समन्वय प्रमुखको नेतृत्व लिने करिब पक्का देखिएको छ । कांग्रेसलाई बहुमत पुग्न एक मत आवश्यक पर्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस