कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्यमा जुम्ला प्रथम


कर्णाली प्रदेशस्तरीय लोकगीत तथा लोकनृत्य प्रतियोगितामा जुम्ला प्रथम भएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयको आयोजनामा शुक्रबार सम्पन्न कर्णाली प्रदेशस्तरीय विद्यालय तहको विद्यार्थी प्रतिभा पहिचानअन्तर्गत ‘एकल लोकगीत’मा जुम्लाका सिर्जना भक्री र ‘एकल लोकनृत्य’ प्रतियोगितामा जुम्लाकै सविना बुढ्थापा प्रथम हुनुभयो । प्रथम हुने दुवै छात्रालाई मेडलसहित जनही रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको नृत्य निर्देशक कुलमान नेपालीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कला, साहित्यका माध्यमबाट नवप्रतिभाको पहिचान भएको बताउनुभयो । “प्रतियोगिताले कर्णालीको लोक साहित्य क्षेत्रको उचाई बढाएको छ”, मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “सरकारले त्यस्ता प्रतिभालाई उच्च सम्मान गर्नेछ ।”

शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक दीपा हमालले एकल लोकगीत तथा लोकनृत्य प्रतियोगिताले प्रतिभा पहिचानका साथै बालबालिकामा नयाँ उत्साह जगाएको बताउनुभयो । नृत्य निर्देशक नेपालीले कर्णाली प्रदेशमा जुम्लाले लोकगीत तथा लोकनृत्यमा इतिहासमै नयाँ कृतिमानी कायम गरेको टिप्पणी गर्नुभयो । प्रतियोगितामा प्रत्येक जिल्लाबाट दुवै विधामा १०÷१० छनोट भएर आएका २० विद्यार्थीको सहभागिता थियो । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope