खाद्यान्न निर्यातका लागि युक्रेन– रूस वार्तामा प्रगति


युक्रेनका राष्ट्रपति भोलोडिमिरि जेलिन्स्किीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको बताएका छन् । इस्तानबुल वार्तामा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् ।

केही दिनअघिदेखि इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीच वार्ता भएको थियो । वार्तामा टर्की र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरुको पनि सहभागिता थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार वार्तामा प्रगति भएको जनाइएको छ । राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ताटोलीका तर्फबाट आफूलाई दिइएको जानकारीअनुसार वार्तामा केही प्रगति भएको र त्यसमा संयुक्त राष्ट्रसङ्घ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् ।

द्विपक्षीय सहमति भएपछि विश्व बजारमा युक्रेनमा उत्पादित खाद्यान्न सहजरूपमा आपूर्ति हुनेछ । युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयमा आफ्ना माग पेश गरेका थिए । त्यसक्रममा युक्रेनबाट खाद्यान्न आपूर्तिको प्रयासलाई सफल बनाउनेबारेमा छलफल भएको थियो । युक्रेन युद्ध र त्यसको प्रभाव विश्वभर परेको छ जसका कारण विश्वका विभिन्न देशमा खाद्यान्नको अभाव भएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope