हरियो चुराको लहर, धर्म कि फेशन ?

श्रावण महिना सुरु भएसँगै बजार हरियो र पहेलो रंगले भरिएको हुन्छ । विशेषगरी महिलाहरुले आफूले लगाउने पहिरन साडी, कुर्था, टिका, चुरा आदि सबै हरियो र पहेलो रंग भएको लगाउने गरेको देखिन्छ । विगत केही बर्षयता यो क्रम ह्वात्तै बढेको पाईन्छ ।
कतिपयले त भगवान शिवलाई हरियो , पहेलो रंग मनपर्ने भएकाले साउनमा हरियो लगाउनैपर्ने बताउँछन् । तर कुनैपनि धार्मीक ग्रन्थमा वा शास्त्रमा भगवान शिवको मनपर्ने रंगको बारेमा कुनै कुरा नलेखिएको धार्मीक अध्येताहरु बताउँछन् । यद्यपी शिवको मनपर्ने रंग भन्दै ब्यापारीहरुले महिला वर्गलाई आकर्षीत गरेको भने पाईन्छ । झन् यो रंगको लेपन गरी बनाईएका चिजबिजहरु फेशनको रुपमा अगाडी बढेको देखिन्छ । बजारमा हिड्यो भने चारैतिर यो रंगको बस्त्र लगाएका महिलाहरु देखिन्छन् मानौ कि चारैतिर हरियाली छाएको छ । हरियो चुरा लगाउन चुरा पसलमा महिलाहरुको भिड लागेको देखिन्छ ।

आयातीत संस्कृतीको रुपमा यो फेशन यसरी बढेको छ कि शहरदेखि गाउँसम्मै यसले गाँजेको छ । पैसा भएपनि नभएपनि साउनमा हरियो लगाउनैपर्छ भन्ने मान्यता अगाडी बढिरहँदा यसले पैसा नहुने गरिब वर्गलाई गिज्याएको झै भान हुन्छ । जसले बर्गिय विभेद , धनी र गरिबबिचको खाडललाई अझै गहिरो बनाएको छ ।
फेशनको रुपमा बिकृत ढंगले अगाडी बढेको यो चलनले गर्दा चुरा र पोतेको नाममा बर्षेनी करौडौ रुपैया देश बाहिर गएको छ । यसले देशको अर्थतन्त्रमा नकरात्मक असर पारेको छ । शास्त्रमा कतैपनि शिवको ब्रत बस्दा वा साउन महिनामा हरियो, पहेलो लगाउनैपर्छ भनेर उल्लेख छैन । हरियो र पहेलो रंग र बस्त्रका कुरा धर्मसँग भन्दा पनि फेशनसँग बढी सम्बन्धित रहेको पाईन्छ ।
देशको अर्थतन्त्र बलियो बनाउन स–साना तत्वले ठूलो भूमिका निर्वाह गरेको हुन्छ । आर्थिक अवस्थालाई गिराउन धरासायी बनाउन मद्धत गर्ने यस्ता आयातीत सँस्कृतीलाई सबैले अस्विकार गर्न आवाश्यक छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस