स्रोत नखुलेको ४९ लाखसहित पक्राउ


क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्राउ गरेको छ ।

क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।

यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौँ गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ ।

त्यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई केन्द्रिय अनुस्न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope