धारामा तीन महिनादेखि लेदो मिसिएको पानी


झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् ।

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताउनुभयो ।

“लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो ग¥यौँ”, उहाँले भन्नुभयो, “तर सुनुवाइ भएको छैन ।” कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताउनुभयो । “फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन”, उहाँले भन्नुभयो ।

धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ । शुद्ध पानी दिन उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४÷१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता संस्थानले गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope