राष्ट्रियसभाका चार समितिमा उम्मेदवारी
काठमाडौँ, २२ भदौ (रासस) :
राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि आज चार जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि उम्मेदवारी दिनेहरुमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा ९पार्वती० रहनुभएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको हो । सभापतिको यही २३ गते १ बजे निर्वाचन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले जानकारी दिनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस