अधिकांश खानेपानी आयोजना अधुरो


बाँके जिल्लामा अधिकांश खानेपानी आयोजना अधुरो रहेका छन् । निर्माणाधीन आयोजनामध्ये चार÷पाँच आयोजना मात्र आंशिक रुपमा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेका अनुसार यस वर्षको अन्तिमसम्म कम्तीमा आठ÷१० खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उपभोक्ताको मागका आधारमा नभएर नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरू थपिँदा समस्या भएको उहाँले बताउनुभयो ।

धेरै वर्षदेखि खानेपानीमा काम गरे पनि बाँकेमा थुप्रै चुनौतीहरू रहेकाले यी आयोजनाहरूले पूर्णता पाउन नसकेको जनाउँदै उहाँले भन्नुभयो, “बर्सेनि बजेट घट्दो छ तर, माग बढ्दोछ, गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ । माग बढ्दो छ । यस्तै अवस्था रह्यो, भने २०३० मा सबैका घरमा पानी पु¥याउने लक्ष्य पूरा हुन गाह्रो छ ।”

उहाँले आफूहरूले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको सुनाउनुभयो । प्रमुख न्यौपानेले योजनाको सङ्ख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन रहेको छ । जिल्लामा १५ प्रतिशत घरधुरीले पाइप प्रणालीको पानी खाने गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् । बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्यान्ड पम्प, कुवा, इनारको पानी पिउने गरेका छन् । यसरी पानी खाने जिल्लाका १४ हजार एक सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पु¥याउने दिगो विकास लक्ष्य राखिएको छ ।

कार्यालयले जिल्लामा ७५ खानेपानीका योजनामा काम गरिरहेको जनाएको छ । गत वर्ष खानेपानीमा रु २४ करोड खर्च भएको जनाइएको छ । ती योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको जनाइएको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope