सेयर बजार २५.५७ अंकले वृद्धि


काठमाडौं, १ मंसिर । सेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ ।  बिहिबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हाे ।

सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो (१३.४०) अंकले वृद्धि भएको थियो । 

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो  लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।

 सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३.१४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope