यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
रोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ ।
साउदी अरेवियन रियल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३७ पैसा र बिक्रीमा १० रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस