जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राईनास प्रथम
न्युज कारखाना
लमजुङ, २ फागुन
राईनास नगरपालिकाका गौलीटार क्षेत्रीय खेल मैदानमा आयोजना गरिएको जिल्ला स्तरीय चौंधौं राष्ट्रपति रनिङ शिल्डको उपाधि आयोजक राईनास नगरपालिकाले प्राप्त गरेको छ ।
राईनास नगरपालिकाले प्रतियोगितामा १४ स्वर्ण ९ रजत र १५ कास्य पदक सहित प्रथम स्थान प्राप्त गरेको हो ।
यसैगरी दोश्रो स्थान प्राप्त गर्ने सुन्दरबजार नगरपालिकाले ११ स्वर्ण, १४ रजत र ११ कास्य पदक प्राप्त गरेको छ भने तेश्रो हुने वेसीशहर नगरपालिकाले ४ स्वर्ण ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरी पुरस्कृत भएको मस्र्याङ्दी गाउँपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै दूधपोखरी गाउँपालिकाले ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा दोर्दी गाउँपालिकाले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गर्यो भने मध्यनेपाल नगरपालिकाले १ स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गर्यो ।
यसैगरी क्होंलासोथार गाउँपालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेन । अर्को बर्षको जिल्लास्तरीय पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलको आयोजना गर्ने क्व्होंलासोथार गाउँपालिकाले १ रजत पदक मात्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरस्कृत खेलाडीहरुलाई मंगलबार मध्यनेपाल नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर गुरुङ र सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले संयुक्त रुपमा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने पालिकालाई २० हजार रुपैयाँ नगद, रनिङ शिल्ड, ट्रफी र विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी द्वित्तीय हुने पालिकालाई १५ हजार रुपैयाँ नगद तथा ट्रफी, विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र तथा तृतीयलाई १० हजार रुपैयाँ नगद, ट्रफी तथा विद्यार्थीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस