नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
काठमाडौं, ३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले नेपालमा राष्ट्रपति चयनका लागि निर्वाचन आउँदै गर्दा आफू अनुकूलको व्यक्तिलाई बनाउन शक्ति राष्ट्रको चलखेल भइरहेको बताएका हुन् ।
सोमबार र मंगलबार भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण र नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरुको भइरहेका भेटघाटलाई लक्षित गर्दै उनले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन खेल भएको बताएका हुन् ।
पहिलो अप्रत्यक्ष रुपमा हुने शक्ति राष्ट्रहरुको हस्तक्षेप अहिले प्रत्यक्ष रुपमै भएको बताएका अध्यक्ष केसीले सत्ता र शक्तिको लुछाचुँडीले गणतन्त्र नै खतरामा पर्ने दृष्य देखिएको बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस