राष्ट्र बैंकको उपभोक्ता सर्वेक्षणः ३ महिनामा १० प्रतिशत महंगी बढ्ने

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ ।
केन्द्रीय बैंकले यस सर्वेक्षण पुस २४ देखि ३० गतेसम्म देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको हो ।
उक्त सर्वेक्षणमा ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।
राष्ट्र बैंकका अनुसार अबको ३ महिनामा र १ वर्षमा क्रमश: १० र १२ प्रतिशत मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजसम्मको तुलनामा घटेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस