सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, ३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस