पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान


काठमाडौं, ४ फागुन । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन् । 

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 

बिहीबार खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत गएका छन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope