भारतीय सेनाका चार पूर्वप्रमख काठमाडौं, मनोजमुकुन्द नरवाने भोलि आउने
काठमाडौं, ५ फागुन । भारतीय सेनाका चारजना पूर्वप्रमुखहरु काठमाडौं आइपुगेका छन् । नेपाली सेनाले आफ्नो दिवसको अवसरमा गर्न लागेको विशेष समारोहमा गरेको निमन्त्रणाअनुसार उनीहरु काठमाडौं आएको हो । हरेक वर्ष महाशिवरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।
यसवर्ष शनिबार महाशिवरात्री परेको छ । जसअनुसार नेपाली सेनाले शनिबार आफ्नो २६०औँ स्थापना दिवस मनाउँदै छ । शनिबार नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ ।
नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्वप्रमुखहरु दीपक कपुर, जोगिन्दर जसवन्त सिंह, विश्वनाथ शर्मा र दलवीरसिंह सुहाग काठमाडौं आइसकेका छन् भने मनोजमुकुन्द नरवाने भने शनिबार मात्र काठमाडौं आइपुग्ने भएका छन् ।
उनीहरु सैनिक मञ्च टुँडिखेलमा हुने समारोहमा सहभागी हुनेछन् भने यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।
शनिबार साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने उनीहरुले आइतबार जंगी अड्डामै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्नेछन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस