ठेकेदारले गरे काम सक्ने कबुलियतनामा, मेसिनमा लगाइएको ताला खोलियो


न्युज कारखाना 

खोटाङ, ६ फागुन

खोटाङमा सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला अढाई महिनापछि खोलिएको छ । दिक्तेलको हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक र भुते जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनी लगलगे कन्स्ट्रक्सनको एउटा स्काभेटर र दुई वटा ट्याक्टरमा लगाएको ताला खोलिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि सुशिल श्रेष्ठले नगरपालिकामा आएर फागुन २० गतेदेखि आगामी बैसाख ३० गतेसम्मका सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने कागजमा सहीछाप गरेपछि नगरपालिकाकातर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले साङ्लो फुकाएर मेसिन खुला गरिदिएका हुन् । 

करिब आठ महिना म्याद बाँकी रहँदा निर्माण व्यवसायीले निर्माणस्थलमा रहेको मेसिनरी सामान अन्यत्र लैजान लागेको पाइएपछि नगरपालिकाले गत मंसिर १३ गते एउटा हुन्डाइ स्काभेटर, लु ३ त ८७६८ र ना ६ त २६१ नम्बरको ट्याक्टरलाई फलामे साङ्लोले बाँधेर ताला लगाइदिएको थियो । ब्रेकरको मेसिन बोकेर दिक्तेलबाट बाहिरिँदै गरेको एउटा ट्याक्टरलाई भने बाटोबाट फर्काएर ताला लगाइएको थियो । निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले हालसम्मको कार्यप्रगती विवरण र आगामी मासिक कार्ययोजना पेश गरी समयमा नै काम सम्पन्न नगरेमा कानुन बमोजिम सहुँला बुझाउँला भन्दै नगरपालिका समक्ष कबुलियतनामा लेखी लेखाई सहीछाप गरेका छन् । 

सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त ४६ लाखमा सम्पन्न गर्नेगरी हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडकको ठाउँ–ठाउँमा ढलान तथा स्तरोन्नती गर्नेगरी ठेक्का लागेको थियो । २०७८ माघ २० गतेदेखि सुरु गर्नुपर्ने सम्झौता गरिएको सडकको एक पटक म्याद थप भइसकेको छ । तर थप म्यादको करिब छ महिना समय बाँकी रहँदा करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको प्रवक्ता घिमिरेले बताए । 

यस्तै, पहिलोपल्ट म्याद थप भइसक्दा दिक्तेलको भुते–जिरो प्वइन्ट–आयुर्वेद सडक स्तरोन्नतीको काम अधुरै छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना, ओखलढुंगाको २३ लाख ६८ हजारमा पुरा गर्नेगरी लगलगे कन्स्ट्रक्सनले भुते–जिरो प्वइन्ट सडक स्तरोन्नतीको ठेक्का लिएको थियो । २०७८ माघ २० गतेदेखि काम सुरु गर्ने सम्झौता भएको आयोजनाको म्याद पनि छ महिना मात्र बाँकी छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope