राष्ट्रपतिमा आफ्नो उम्मेदवारीबारे मैले र पार्टीले केही सोचेको छैन : माधव नेपाल
दाङ, ९ फागुन । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् ।
देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसकेको र निर्णय पनि नगरेको बताएका हुन् ।
माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताए ।
तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस