दिल्लीको मेयरमा शैली ओबराय, केजरीबाले भने, ‘गुण्डागर्दी पराजय भयो’


नयाँ दिल्ली, १० फागुन । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् । 

 

यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।

 

मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको गरिमा कायम राख्दै सदनलाई सुचारु रूपमा सञ्चालन गर्न सबैले सहयोग गरिदिनुहुनेछ भन्ने आशा लिएको छु’ उनले भनिन् । 

 

रायको जीतसँगै दिल्ली नगर निगमबाट १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको छ। 

 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि शेली ओबेरोयलाई चुनाव जितेकोमा बधाई दिएका छन् । अरविन्द केजरीवालले ट्विट गर्दै  ‘आज दिल्लीको नगर निगममा दिल्लीका जनताको जित भयो, गुंडागर्दी पराजित भयो ।’ उनले ओबराय मेयरमा निर्वाचित भएकोमा दिल्लीका जनतालाई बधाई समेत दिएका छन ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope