पालिकाका उम्मेदवारकाे जरिवाना माफी बिरुद्धको पेशी १२ फागुनमा


काठमाडौं, १० फागुन ।  स्थानीय निर्वाचनको खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी १२ फागुनमा तोकिएको छ ।

 

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जरिवाना सजाय माफी मिनाहा गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट बुधवार दर्ता भए लगत्तै सो रिटमा पेशी १२ गते तोकिएको सर्वोच्च अदालतले जनाएको छ । अदालतका अनुसार १२ गते बिहान १० बजेका लागि पेशी तोकिएको हो ।

 

निर्वाचन आयोगले तोकिएको समयमा खर्च विवरण नबुझाउनेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानिय तहका उम्मेदवारलाई जरिबानाको माफी दिने निर्णय गरे पछि आजै सर्वोच्च अदालमा मुद्धा परेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope