काउलेपानीमा लालीगुराँस प्याकेज


लमजुङ १० फागुन । लमजुङको उत्कृष्ट पर्यटकीय गाउँ काउलेपानीमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानीको १२ महिने प्याकेजअन्तर्गत फागुन सुरु भएसँगै लालीगुराँस प्याकेज सुरु भएको हो ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिले फागुन महिनालाई लालीगुराँस प्याकेज बनाएर प्रचारप्रसार गर्दा दैनिक होमस्टे भरिभराउ हुँदै आएको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । वनमा लालीगुराँस लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँसमा भएकाले सोही प्याकेजलाई प्रचारप्रसार गरी होमस्टे प्रवर्द्धन गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार चैत महिनामा काफलको मौसम सुरु हुने भएकोले गाउँमा आएका पर्यटकलाई काफल खुवाउने प्याकेज पनि छ । समितिका अनुसार वैशाखमा ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज छन् ।

यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिक महिनामा कटुस प्याकेज, मसिरमा दाई प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक नै बढी आउने गर्दछन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope