पश्चिम बंगालमा केन्द्रिय राज्यमन्त्री माथी ढुंगामुढा प्रहार

कोलकाता, १३ फागुन । केन्द्रीय गृह राज्यमन्त्री निसिथ प्रामानिक माथी पंश्चिम बंगालमा ढुंगामुढा भएको छ ।
पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामाना गर्नु परेको हो ।
प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथी आक्रमण गरेको आरोप लगाएका छन । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्।
‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस