बाँस्कोटाको टिप्पणीः ”रंग फेर्ने प्रतियोगितामा छेपारोले प्रचण्डसँग हार्छ’
काठमाडौं, १३ फागुन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रंग फेर्ने प्रतियोगितामा छेपारोले पुष्पकमल दाहाल प्रचण्डसँग हार्ने टिप्पणी गरेका छन् ।
एमालेसँग सहमति तोडेर राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि एमाले नेता बास्कोटाले सो टिप्पणी गरेका हुन् ।
‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ,’ बाँस्कोटले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।’
एमालेसँग १० पुसमा भएको सहमति तोडेर अघि बढेका प्रचण्ड प्रति आक्रोशित बाँस्कोटाले एमालेले अब आफनै लयमा हिडनु पर्ने पनि बताएका छन् । ‘एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस