ज्योति विकास बैंकको आज साधारणसभा


काठमाडौ, १४ फागुन । ज्योति विकास बैंकको आइतबार साधारणसभा बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छ। आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरिसकेको र माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । 

साथै आर्थिक वर्ष २०७९–८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ भने उक्त सभामा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने प्रक्रिया अथवा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।  

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope