प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार कतार भ्रमणमा जाने भएका छन् ।
१९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनिे द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाली राजदूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी भएर प्रधानमन्त्री प्रचण्ड २२ फागुन सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस