प्रेमप्रसादको आत्मदाहको कारण मानसिक समस्या : मनोचिकित्सक


भक्तपुर, १४ फागुन । नयाँंबानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्राेल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुको कारण मानसिक रोग भएको चिकित्सकले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्युनीकरण विषयमा सरोकारवालाहरुसँंग गरेको छलफलमा मनोचिकित्सक डा दुर्गा थापाले यदी समयमै त्यसको उपचार गरेको भए, त्यो अवस्था नआउने बताइन् । 'त्यसकारण मानसिक रोगलाई बेवास्ता गर्न मिल्दैन, उनले भनिन्, 'मानसिक रोग उपचार गरे निको हुन्छ ।' 

शारीरिक रोग जस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रूपमा लिनुपर्ने उनले बताइन् । 'औषधिको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ,' उनले भनिन्, 'मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।'

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope