लमजुङमा कोभिड–१९ विरुद्ध दोस्रो बुस्टर खोप लगाइँदै


लमजुङ १४ फागुन । कोभिड–१९ संक्रमणको जटिलतालगायतको आंकलन गर्दै स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ ।

यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो । तेस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका नागरिक, स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधक क्षमता कम भएकालाई दोस्रो बुस्टरका रुपमा चौथो मात्राको खोप दिइनेछ ।

पहिलो चरणमा जिल्लाको बेंसीसहर र सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए ।

यी पालिकामा खोप अभियान सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य कार्यालयबाट १२ हजार मात्रा वाई भायोलेन्ट खोप आइसेको छ । चारवटा पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिने दवाडीले बताए । 

दोस्रो बुस्टरका रुपमा फाइजर बायोएनटेक खोप बेंसीसहर बजारमा एकहजार ९१ जनालाई लगाईसकिएको स्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्लामा पहिलो बुस्टर मात्रा ९० हजार ८ सय २३ जनाले लगाएका छन् ।

पहिलो खोप मात्रा १ लाख २३ हजार ३ सय ३ र दोस्रो खोप मात्रा १ लाख १९ हजार ८ सय ६७ जनाले लगाएका थिए । तीन चरणको खोप खोप लगाएपछि बुस्टर भनिन्छ । 

वाई भायोलेन्ट खोप कोभिडको नयाँ स्ट्रेनविरुद्घ प्रभावकारी रहेको स्वास्थयकर्मीहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थयकर्मीहरुलाई आग्रह गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope