असी हजार डिजेलमा मट्टितेल मिसाएको प्रमाणित, मात्रा निक्यौल नहुदाँ नमुना भारत पठाईने


काठमाडौं, २३ फागुन । असी हजार लिटर डिजलमा मट्टितेल मिसावट पुष्टी भए पछि थप परिक्षणका लागि भारत पठाईने भएको छ।

 

नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरुमा कति मात्रामा मट्टितेल  मिसावट भएको हाे भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाउने लागिएको हो।

गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा सो मिसावट पाईएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याईएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।

 

सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाई सकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निक्याैल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope